नियम
ट्रेड युनियन संघको लागि दरखास्त :

(१) ऐनको दफा ४ को उपदफा (३) बमोजिम ट्रेड युनियन संघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले दर्ता दस्तुर वापत लाग्ने पाँचसय रुपैयाँ संलग्न गरी अनुसूची–३ बमोजिमको ढाँचामा पंजिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछ :
(क) ट्रेड युनियन संघको नाम र ठेगाना ।
(ख) ट्रेड युनियन संघको गठन मिति ।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति ।
(घ) ट्रेड युनियन संघ गठन गर्नको लागि प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि ।
(ङ) ट्रेड युनियन संघ गठन गर्ने प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूको नाम ।
(च) प्रतिष्ठान बाहिरका एकै प्रकृतिका उद्योग व्यवसायमा काम गर्ने कामदारहरूले आपसमा सम्झौता गरी ट्रेड युनियन संघ गठन गरेको भए त्यस्ता कामदारहरूको नाम, ठेगाना र कामको प्रकृति ।
(छ) पदाधिकारीहरूको नाम, थर र ठेगाना ।
(ज) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि ।
(झ) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र ।
(ञ) दर्ता हुने ट्रेड युनियन संघको सदस्यता प्राप्त प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूले अन्य ट्रेड युनियन संघको सदस्यता ग्रहण नगरेको कुराको स्वीकारोक्ती गरेको कागज ।